पोखरा-आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी दिएका हुन् ।
सदस्यसचिव घिसिङ्गले आइतबार मेयर आचार्यले भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बााकी नराख्ने जनाएको बारेमा जानकारी गराएका छन् ।
यस्तै मुख्यमन्त्री पोखरेलले घिसिङ्गलाई गण्डकी प्रदेशको खेलाडी छनौट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसंगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकरी गराएका छन् ।
यसबाहेक घिसिङ्गसागको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदशे सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तिव्र गतिमा अघि बढीरहेको समेत प्रतिद्धता जाहेर गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुादैछ । प्रतियोगितामा ३६ वटा खेलहरुलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रुपमा राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस