कास्की- गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो। परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट गरिने छ भने २२ खेलको जिल्ला छनोट हुनेछ ।
परिषद्ले पहिलो चरणमा आगामी भदौ ३ गतेदेखि १४ खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी छन् ।
यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता आगामी भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्न तालिका तय गरिएको संयोजक क्षेत्रीले बताए । भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रूपमा ‘ब्राण्डिङ’ गरी अघि बढाउने परिषद्ले जनाएको छ ।
यही भदौ १५ गते देखि सुरु हुने अन्तिम छनोटमा २२ खेलका लागि तीन हजारभन्दा बढी खेलाडी पोखरा आउने छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ । गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् ।
छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस