काठमाडौं -दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ ।
खेलपाटी डटकमको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।
समूह ुएु मा सेन्चुरी बैंक, सुर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक रहेको छ ।
समूह ुबीु मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स रहेको छ ।
समूह ुसीु मा सांग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्सुरेन्स रहेको छ ।
समूह ुडीु मा एनएमबी बैंक, महालक्ष्मी विकास बैंक , शाइन रेसुंगा बैंक र सिद्दार्थ बैंक रहेको छ ।
समूह ुईु मा सगरमाथा इन्सुरेन्स, सानिमा बैंक, गुर्खास फाइनान्स र राष्ट्रिय बीमा संस्थान रहेको छ ।
समूह ुएफु मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ बैंक र मेगा बैंक रहेको छ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि(क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलापर्थाबाट थप ४ टोलीले प्रि(क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा समूह ुएु को सेन्चुरी बैंक र सुर्य लाइफ इन्सुरेन्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाउदै छन् । यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउदै छन् । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघको फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ ।
पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस