कम्युनिष्ट त्यो पनि माओबादी भएर काग्रेसलाई बोकेर हिड्न लाज लाग्दैन भिष्मलाई नवमीडाँडाका आङ्गदेम्वे सामान्ति परिवारको सदस्यलाई कुन कम्युनिष्ट नैतिकताले भोट दिन हात लाग्छ कम्युनिष्ट हुँ भन्ने अनि कम्युनिष्ट कै बिरोध गर्ने यी र यस्ता शब्द मैले गत स्थानीय निर्वाचन अघि देखि नै बारम्बार सुन्ने गरेको छु आफूलाई खाट्टी कम्युनिष्ट क्रान्तिकारी हौ भन्ने एमाले भाई भतिजहरुको मुखारबिन्दबाट झन सामाजिक सञ्जालमा आएका प्रतिक्रिया टिप्पणी र गालीगलौजका शब्दहरु त सुनि सक्नु र हेरी सक्नु छैनन् ।राजनीतिलाई आफ्नो बिर्ता ठान्नेहरुबाट गरिएका आक्रोसयुक्त अभिव्यक्तिको मैले वास्ता गर्न छोडिसकेको छु । तर्क बहस र बिचारमा प्रतिष्पर्धा गर्न नसक्नेहरुबाट आफ्नो हैसियत देखाउछन यसमा सामान्य रुपमा लिनु पर्दछ । जस्ले आलोचना पचाउन सक्दैन सुझाव र सहानुभूतिलाई गालीको रुपमा लिन्छ त्यसको पतन निश्चित छ भन्ने कुरा ईतिहासमा होईन बर्तमानमा नै छर्लङ्ग हुन थालेको छ ।
स्थानीय निर्वाचनको धङ्गधङ्गी नसकिँदै फेरी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आएको छ । यतिबेला हामी निर्वाचनको उत्तरार्धमा रहेका छौं । यसै सन्दर्भमा बिगत निर्वाचनका सहयात्रीहरु अहिले मुख्य प्रतिष्पर्धिको रुपमा रहेका छन् । बिगत निर्वाचनमा हामीले जनतासँग जाँदा गरिएका बाचाहरु अनुरुप अर्को चुनावमा आउँदा एउटै झण्डा चिन्ह र पार्टी भएर आउँछौं भनेकै हो हामी कार्यकर्ताले गरेको बाचा अनुसार ६ महिनाभित्र पार्टी एकताका लागि दबाब दिन्छौं भनेकै हो सो अनुरुप पार्टी एकता पनि भएकै हो तर एकतालाई सत्ता चढ्ने सिढीको रुपमा जनताले दिएको ५ बर्षको जनादेशलाई सम्विधान मास्ने र निरकुंशताको लाहाछाप सम्झिएपछि ३ बर्ष नपुग्दै सिङ्गो संसदमा मात्र बिगठन भएन आम कार्यकर्ताको भावना बिपरित पार्टी समेत बिभाजन भएर हामी पुरानै कित्तामा फर्कियौ ।हामीलाई कुनै हिनताबोध भएन लाखौं शहिदहरुको रगत र हामी लाखौं कार्यकर्ताहरुको पसिनाले बनाएको पार्टी भित्र रहेर हामीलाई दोश्रो दर्जाको नागरिकको ब्यबहारबाट मुक्त भएकामा हामी त खुसि नै थियौं । हामी कुनै बिचलित भएनौ र १ महिनाभित्र पार्टीलाई पुरानै स्थितिमा पुर्याएन लाग्यौं र पहिलाभन्दा सशक्त रुपमा पार्टीलाई भावनात्मक र सांगठनिक रुपले सुदृढ बनाएर अघि बढ्यौं ।तर आफैसँग राख्नु पर्नेहरु पनि राख्न सक्नु भएन नि कमरेडहरु आखिर तपाईहरुसँग बर्षौदेखि सँगै रहेकाहरु तीनतिर मुख फर्काएर हिड्दै हुनु हुन्छ त । राजनीतिमा गठबन्धनहरु बन्छन भत्किन्छन । कुनै बिचार मिल्नेहरु जोडिन्छन बिचार नमिल्नेहरु छोडिन्छन यो स्वाभाविक प्रक्रिया नै हो । राजनीतिमा सबैको सम्मान गर्न सक्नु पर्छ त्यसमा पनि फरक बिचारको सम्मान गर्न सकिएन भने त्यसले राजनीतिक दल र नेतृत्वको उचाइ बढ्न सक्दैन ।राजनीति गर्छु र नेता बन्छु भन्नेले सहिष्णुता र सयम गुमायो अनि प्रतिशोधको राजनीतिक शैली अपनायो भने त्यसको परिणाम सकारात्मक बन्न सक्दैन ।राजनीतिमा सिध्दान्त कम्युनिष्टको लिने र ब्यवहार अनि सोचमा परिवर्तन नगर्ने हो यो एक्काईसौ शताब्दी जनताका नेतृत्व भन्दा धेरै अगाडी पुगिसकेका छ । अहंकार दम्भको परिणाम स्वरुप संविधानको रक्षाका लागि हामी एउटै पार्टीमा हुँदै देखि आन्दोलनका मोर्चाबाट नै छुट्टिएका हो र काग्रेस लगायतका शक्तिसँग गठबन्धन बनेको यथार्थ अब घाम जतिकै छर्लङ्ग भैसकेको बिषय हो ।यसमा लामो बिश्लेषण गर्नु आवश्यक छैन ।
अब म मूल बिषयबस्तु तिर प्रवेश गर्दैछु ।मैले किन रुखमा भोट हाल्ने निर्णय गरें ।आखिर को हुन भिष्मराज आङ्गदेम्वे र उनीसँगको मेरो सम्वन्ध र सहकार्य कहिलेदेखि को हो ।
भिष्मराज आङ्गदेम्वेको राजनीतिक पारिवारिक पृष्ठभूमि तिर म धेरै लामो जान चाहान्न तर मैले चिनेका भिष्मराज आङ्गदेम्वेलाई भोट नदिनु पर्ने कारण केही छैन । भलै मेरो आस्था निष्ठा र राजनैतिक नैतिकता र इमान्दारीताका कारण आजसम्म मैले मेरो हातले भिष्मराज आङ्गदेम्वेलाई भोट दिने मौका पाएको थिईन । र अहिले पनि के स्पष्ट हुनुहोस भने मैले राजनीतिक आस्थालाई बन्दकी राखेर अनावश्यक लेनदेन र पर्दा पछाडीका कारणबाट भोट दिन लागेको होईन र मेरो आस्थाको मत नेकपा माओबादी केन्द्रको हसिया हथौडामा नै अभिब्यक्त गर्दछु जुन समानुपातिक तर्फको मतपत्रमा छाप लागेर बन्द हुनेछ ।
प्रत्यक्ष तर्फ त्यो पनि प्रतिनिधिसभा सदस्यमा मात्र मेरो एक मत रुख चिन्हमा पहिलो पटक लाग्दैछ त्यो मत भिष्मराज आङ्गदेम्वेको पोल्टामा पर्छ । यहाँ भन्नै पर्दा अरु उम्मेदवार भएको भए खासै आत्मा खुसि भएर मत जाँदैन थियो होला तर भिष्मराजको आस्था निष्ठा क्रान्तिकारीताको म सधैं सम्मान गर्दछु । उनीले चैत्रमा छाता ओडेर राजनीतिमा आएका होईन र उनीसँगको सहकार्य मेरो राजनीतिक जीवन सुरुवात देखिकै हो । मैले चिनेका र सँगै हिड्का राजनीतिक सहकर्मीमा पुरानै सहकर्मीको लाइनमा पर्छन भिष्म दाई । भिष्मराज आङ्गदेम्वेलाई मैले चिनेको र सँगै पञ्चायती शासक र शासन बिरुध्दमा लडेको तीन दशक भन्दा लामो ईतिहास छ त्यो अवधिमा वहाँसँगै ०४२ सालको शिक्षक आन्दोलनदेखि नै हामीसँगै आन्दोलनका मोर्चाहरुमा लड्यौं ।२०४६ सालको जनआन्दोलनको सफलता र दलमाथिको प्रतिवन्ध हटेर भएको पंचमीको बिजय जुलुसमा बामपन्थीहरु प्रतिनिधिहरुको अभाव हुँदा अहिलेका क्रान्तिकारी कमरेडहरु कहाँ हुनुहुन्थ्यो । जहाँ दिवंगत राधाकृष्ण रिजालले पहिलोपल्ट कम्युनिष्ट पार्टीको झण्डा त्यो पनि हसिया हथौडा उल्टो पारेर बोकेर आउनु भएको थियो । मैले धरानबाट ल्याएको झण्डा मञ्चमा राखेर ईतिहासमा पहिलो पटक राजनीतिक संयुक्त सभालाई बामपन्थीको प्रतिनिधिको रुपमा सम्वोधन गरेको थिएँ ।
त्यसपछिका दिनहरुमा पनि भिष्मराज आङ्गदेम्वेसँगको सम्वन्धमा कुनै प्रकारको कटुतापूर्ण सम्वन्ध भएन । म दाबीका साथ भन्छु वहाँले मलाई कहिल्यै पनि अपमानपूर्ण ब्यवहार गर्नु भएन बरु मैले जति अपमान पाएको छु आफ्नै भनिएकाहरुबाट भोग्नु परेको तितो यथार्थ छ ।मैले तात्कालिन एमाले भित्रको अन्याय र अपमानपूर्ण ब्यवहार र बैचारिक बिमतीबाट नै बिद्रोहको झण्डा उठाएको हुँ । समयक्रमसँगै म माओबादी आन्दोलन जोडिएँ र अहिलेको स्थितिमा पुगेको हुँ । म कसैको निगाह बक्सि र मायाँ दायाँले गौरवशाली पार्टीको यो पदमा पुगेको होईन र म कसैका खोक्रा आश्वासन र उधारो ललिपपमा भूल्न पनि चाहदिन भन्ने कुरामा सबैलाई हेक्का रहोस् । भिष्मराज आङ्गदेम्वे यो संविधानको हस्ताक्षरकर्ता मध्येको एक पनि हो उसलाई संविधानको रक्षा र सुदृढीकरणका लागि भोट दिनु होस भन्दा भोट नदिनु पर्ने कारण के छ ?
भिष्मराज आङ्गदेम्वेलाई नवमीडाँडा आङ्गदेम्वे र कांग्रेसको अविचलित नेता भएकै कारणले मत नदिनु पर्ने हो जस्ले जातिय राजनीतिका पक्षमा कहिल्यै बिवादमा तानिन चाहेन । संघियता र गणतन्त्रको बिरोधमा कहिल्यै बोलेन । हो माओबादी आन्दोलनको बेला भलै वहाँको परिवार हाम्रो पार्टीको निशानामा परेकै हो तर त्यसलाई पनि युद्ध र राजनीतिमा यस्ता कुरा सामान्य हुन भनेर पचाउन सक्नु भयो कहिल्यै प्रतिशोधको राजनीति गर्नु भएन होला कतिपय सवालमा वहाँका पनि बाद्यता होलान । राजनीतिको उच्च नेतृत्व तहमा रहेको ब्यक्तिले धेरै कुरा रिजर्व र नेता र कार्यकर्ताको दोहोरो घेराबन्दीमा रहेर गर्नु पर्छ । सबैकुरा स्वतन्त्रता रहँदैन तर पनि मैले बुझे अनुसार भिष्मराज आङ्गदेम्वे सुराकी लिष्ट बोकेर प्रशासनका ढोकामा पुगेन । मेरै सवालमा भन्ने हो भने त अहिले परिस्थिति खराव छ सुरक्षित रहनु होला भनेर सम्पर्क सुत्र मार्फत खवर पठाएको कुरा अहिल्यै खोल्नु उपयुक्त नै ठान्दछु ।वहाँ भीष्म जी संविधानसभा सदस्यमा बिजयी भएर आएपछि नै हो मैले पहिलो पटक सिंहदरवारको गेट भन्दा भित्र छिरेको त्यो पनि उनैले बोलाएर कांग्रेस संसदीय दलको बिभागीय समितिको सभापतिको कार्यालयबाट पास पठाएर । अरु कम्युनिष्ट बामपन्थी कार्यकर्तालाई गर्ने ब्यवहार कस्तो थियो मैले जान्ने कुरा भएन तर मलाई दुःख पाएको कार्यकर्ता भनेर सधैं सम्मान सहानुभूति र सल्लाह लिने काम भीष्म जी बाट भयो ।राजनीतिलाई पेशा व्यवसाय र कमाउने माध्यम नबनाएकै कारण हो भीष्मराज आङ्गदेम्वेलाई भोट नदिनु यदि यिनै कारण हुन भने त्यसमा मेरो गम्भीर बिमति छ ।
केही दिन अघि नेपाली काग्रेसका साथीहरुले मलाई गठबन्धनको सरसल्लाह छ भनेर बोलाउनु भयो जुन कुरा मेरो पदीय दायित्वले पनि समायोजनको भूमिका निर्वाह गरि रहेको थिएँ । त्यो कार्यक्रममा म बिचार राख्ने क्रममा बिगतको सहकार्यलाई सम्झेर भावुक बन्न पुगेंछु । त्यहाँ राखेको एउटै बाक्यले जवाफ होला किन म भिष्मलाई भोट दिँदैछु गुलामको दलाल बन्नु भन्दा आस्था निष्ठा स्वाभिमान र सम्मानको बाटो रोजें महोदय ।
अहिले मुलुकको आवश्यकताले काग्रेस कम्युनिष्ट लगायतका संविधानको रक्षा सुदृढीकरण र समृद्धिका पक्षधर गणतन्त्रबादीहरुको प्रतिगमन बिरोधी मोर्चाबन्दी भएको छ र त्यही मोर्चा वा गठबन्धनको तर्फबाट पाँचथर जिल्लाका गठबन्धनका उम्मेदवारहरु प्रतिनिधिसभामा भीष्मराज आङ्गदेम्वे र प्रदेशसभा सदस्य तर्फ प्रदेश क मा कमल प्रसाद जवेगु र प्रदेश ख मा ईन्द्रबहादुर आङ्गवो मौसम उम्मेदवार हुनुहुन्छ । वहाँहरुको राजनीतिक पार्टी पक्षधरता हेर्ने भन्दा पनि यतिबेला वहाँहरु साझा उम्मेदवार हुनुहुन्छ र वहाँहरुलाई जिताउने गठबन्धनको दायित्व हो त्यही सम्झेर नै मैले निर्वाचन प्रचार प्रसार समितिमा मात्र रहिन मैले क्षमता दक्षता र आवश्यकतालाई महसुस गरेर प्रचार प्रसार क्षेत्रको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिनु भएको छ जसलाई मैले स्वाभाविक रुपमा लिएको छु र म यसै लेख मार्फत गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन र देश तथा पाँचथरबासीको भाग्य र भविष्य निर्माणको अपनत्व ग्रहण गर्न यो एक महिनाको अवधिमा युद्धको मोर्चामा होमिन आव्हान गर्दछु ।परिवर्तनका मोर्चामा सँगै लड्ने सहयात्री १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने पार्टीको नेता र संविधानको हस्ताक्षरकर्ता र जनयुध्दको भट्टीबाट खारिएर आएको एउटा योध्दा सहकर्मीलाई दुबै जनालाई भोट दिन पाउने भाग्यमानी नागरिकका हैसियतले म त गर्वले मत दिन तयार भएँ त ।हिजो ब्यवस्था बदल्न लड्यौं अव अवस्था बदल्न कुनै दुविधा राख्नु पर्ने छ र ?
{लेखक नेकपा माओबादी केन्द्र सम्पर्क समन्वय प्रदेश समिति प्रचार तथा प्रकाशन बिभागका सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन पाँचथर सम्पर्क प्रचार प्रसार समितिका संयोजक हुनुहुन्छ ।)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस