काठमाडौं । अहिलेसम्म तीन वटा जीवन बीमा कम्पनी र चार वटा निर्जीबन बीमा कम्पनीसहित ८ वटा बीमा कम्पनीले नियामक निकायले तोकेको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।
नियामक निकाय बीमा समितिले गत पुस मसान्तसम्म जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीबन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो । तोकेको समयमा पुँजी पुर्याउन नसक्ने जीवन बीमा कम्पनीहरुमा गुँरास, प्राइम लाईफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान रहेका छन् । यस्तै निर्जीबन बीमा कम्पनी तर्फ एभरेष्ट, एनएलजी, यूनाइटेड, प्रुडेन्सियल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।
पुँजी पुर्याउन नसकेका जीवन बीमा कम्पनीमध्ये सूर्य लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद दिने तयारीमा रहेको छ । इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद सेयर जारी पछि २ अर्ब ६ करोड रुपैयाँ बढी पुँजी हुने छ ।
यसमा एनएलजी, यूनाइटेड, प्रुडेन्सियल इन्स्योरेन्सले पुँजी पुर्याउनको लागि हकप्रदको बाटो रोजेका छन् । एनएलजीले ६० प्रतिशत हकप्रद जारी गरेर तोकेको पुँजी पुर्याउने तयारीमा रहेको छ । हकप्रद जारी पछि इन्स्योरेन्सको पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।
यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले पनि ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । हकप्रद जारी पछि इन्स्योरेन्सको पुँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बढी हुने छ भने यूनाइटेडले पनि २४० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हकप्रद जारी गरेपछि इन्स्योरेन्सको पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैैयाँ बढी हुने छ ।
चुक्ता पूँजी नपुगेका अरु जीवन बीमा कम्पनी समेत हकप्रदको तयारीमा रहेका छन् ।
बीमा समितिले बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीबाट रिपोर्ट बनाउन भनेपछि पुँजी पुर्याउनको लागि निकै दबाब दिन पनि समस्या परेको छ ।
यति रिपोर्टको कारण पनि कम्पनीहरुले पुँजी पुर्याउने बाटो अवलम्बन गर्न ढिला गरेको बीमा समितिको बुझाई छ । तोकेको समयमा पुँजी पुर्याउन नसकेपछि असारमसान्तसम्म पुँजी पुर्याउनु भन्दा पनि यी कम्पनीहरुले तोकेको पुँजी पुर्याउन नसकेको हुन् ।
एनएफआरएस प्रणाली अनुसार रिपोर्ट बनाउन परेको भए कम्पनीहरुले एक आर्थिक वर्षमा दुई वटा साधारण सभा गरेर पनि पुँजी पुर्याउने थिए । समितिका एक अधिकारीले भने, ‘एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण बनाउन पर्ने भएकोले कम्पनीहरुले यो बाटो समाउन पाएनन् ।’
पटक-पटक समय थप्दा पनि पुँजी पुर्याउन नसकेपछि बीमा समितिले बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजाने नीति लिएको बताइएको छ ।
समितिका एक अधिकारीले भने ‘हामीले तोकेको अन्तिम समय असार मसान्तमा सकिँदै छ, त्यो अवधिमा पनि पुँजी नपुगेका कम्पनीहरुलाई अब मर्जरमा जाने प्रस्ताव ल्याउन भन्ने हो, तीन महिना जति प्रस्तावको लागि पर्खन्छौं, तीन महिनासम्म पनि मर्जरका प्रस्ताव आफैले ल्याएनन् बीमा समिति फोर्स मर्जरमा जान बाध्य हुनेछ ।’
ति अधिकारीका अनुसार फोर्स मर्जरको आधार समेत तय भएका छन् । समितिले क्रस होल्डिङको आधारमा (एकै व्यक्ति वा कम्पनीले दुई वा भन्दा बढी कम्पनीमा लगानी गरेको छ भने) ती कम्पनीलाई मर्जरमा जाउ भन्ने सोचमा समितिको रहेको छ ।
समितिका एक अधिकारीका अनुसार अहिले पुँजी नपुगेपनि पुँजी पुर्याउनको लागि आवश्यक प्रकृयामा रहेका कम्पनीहरुलाई भने छुट दिने समितिको तयारी रहेको छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस