काठमाडौं – हिमालयन जाभाको आउटलेट सञ्चालन गर्दै आएकी नायिका एवम् व्यवसायी श्वेता खड्काले रेष्टुरेन्टमा पनि लगानी विस्तार गरेकी छिन् ।
बालुवाटारस्थित रसियन राजदुतावास नजिकै उनी एलिमेन्ट्स रेष्टुरेन्ट खोल्ने अन्तिम तयारीमा छिन । करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सो रेष्टुरेन्ट माघ १ गतेदेखि सञ्चालनमा आउने छ ।
कफी मात्र बिक्रि गर्दा धेरै शुभेच्छुकहरुले डिनर सहितको अपेक्षा गरेको कारण रेष्टुरेन्ट मार्फत पनि सेवा दिन लागिएको उनको भनाइ छ । केही वर्षअघि त्रिवेणी ग्रुपसँग मिलेर उनले थ्रि स्टार होटल सञ्चालन गरेकी थिइन । उनीले सो होटल बिक्री गरिन । अहिले फेरी उनले रेष्टुरेन्ट सञ्चालन गर्न थालेकी हुन् ।
उनको रेष्टुरेन्टमा मल्टिकिचेन हुन्छ । जहाँ नेपाली, इन्डियन, चाइनिज र जापानीज फुड पाइन्छ । कर्पोरेट र पारिवारीक जमघटलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागिएको रेष्टुरेन्टको क्षमता २०० जना भन्दा बढिको रहेको खड्काले बताइन् ।
प्रतिस्पर्धा भइरहेको बेला खड्काले सञ्चालन गर्न लागेको नयाँ रेष्टुरेन्टमा पारिवारीक वातावरणमा घुलमिल हुन सकिने र बालबालिकाहरुको लागि खेल्नका लागि छुट्टै चिल्र्डेन पार्क समेत रहेको उनी बताउछिन ।
बाहिर खाना खान जानेहरुको रोजाई बालबालिकाहरुको लागि राम्रो खेल्न र बस्न मिल्ने ठाउँ पर्ने भएकोले पनि आफ्नो रेष्टुरेन्टले त्यस तर्फ ध्यान दिन थालिएको श्वेता बताउँछिन । रेष्टुरेन्टमा १०० जना भन्दा बढिको पार्टी गर्न सकिनेछ । रेष्टुरेन्टमा पुराना र ऐतिहासिक इन्टेरियस सजावट गर्ने काम भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस