काठमाण्डौँ-लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आ.ब. २०७४/७५ बाट लागू हुने गरी न्युनतम बोनसदर रु. ६६ प्रति हजार भएको बताएको छ ।
कम्पनिले सवै बीमा पोलिसीहरुमा बीमा अवधि अनुसार न्युनतम् बोनसदर प्रतिहजार रु. ६६ देखि अधिकतम् प्रतिहजार रु. ८५ सुनिश्चित लाभसम्म कायम गरिएको जनाएको छ ।
कम्पनीमा कम्तीमा ५ वर्ष र वढीमा २५ वर्ष अवधिका बीमा योजनाहरु छन् । ५ वर्ष अवधिका सवै बीमालेखमा प्रतिहजार रु. ६६ बोनस, २० वर्ष अवधिको जीवन तरङ्ग (पेन्सन) योजनामा प्रतिहजार रु. ७७ बोनस र ५ वर्ष अवधिको जीवन आस्था योजनामा प्रतिहजार रु. ८५ सुनिश्चित लाभ प्रदान गरिने एलआईसी नेपालले दावी गरेको छ ।
सवै कम्पनीहरुले बोनसदर हरेक वर्ष बीमकको मुनाफा अनुसार परिमार्जन गरी बीमा समितिबाट स्वीकृत गराई लागू गरेका हुन्छन् भने सुनिश्चित लाभ अपरिवर्तनिय प्रतिफल हो जुन बीमा लिंदा तोकिएको छ सो पुरा अवधिसम्म लागू हुन्छ ।
एलआईसी नेपालले पहिलो त्रैमासिक अवधिमा ४ अर्ब २० करोड बिमा शुल्क आर्जन गर्न सफल भएको छ जुन अघिल्लो बर्षको भन्दा ४४.८२ प्रतिशतले बढि हो । गत बर्षको पहिलो त्रैमासमा कम्पनिले २ अर्ब ९० करोड ७१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनिले चालु आ.ब. २०७६/७७ को पौष मसान्त सम्ममा करिब ७ अर्ब ६९ करोड कूल बीमा शुल्क आर्जन गर्दै करिव रु. ६१ अर्ब ८४ करोड ५६ लाखको जीवन बीमा कोष बनाउन सफल भएको बताएको छ । एलआईसी नेपालले दोस्रो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण माघ महिनाभित्रै प्रकाशित गरीने जानकारी दिएको छ ।
बिमा कम्पनीहरुमध्ये दोस्रो ठुलो चुक्ता पुँजी भएको एलआईसी नेपालको हालसम्म २ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ ।
स्थापनाको १९औ वर्षमा प्रवेश गरेको एलआईसी नेपालले हाल देशभर रहेका ७४ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस