काठमाडाैं- बिमाको पहुँच बढाउनका लागि बिमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य सुरू गरेको छ । प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालेको हो ।
कृषि तथा पशु, लघु बिमा विस्तारका लागि प्रदेश र स्थानिय तहको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग छलफल गर्न थालिएको समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिए ।
‘बिमाको पहुँच विस्तार गर्नका लागि प्रदेश र स्थानिय सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, अधिकारीले भने, ‘त्यसैका लागि समितिले प्रदेश र स्थानीय तहमा लविङ गर्न थालेको हो ।’
गत साता बग्मती प्रदेशमा छलफल गरेको समितिले आइतबार प्रदेश १ का उच्च अधिकारीहरुसँग छलफल गरेको छ । यसअघि चालु आर्थिक वर्षमै समितिले दुई दर्जन स्थानीय तहहरूसँग समेत छलफल गरेको छ ।
घर तथा पूर्वाधार निर्माण गर्दा नक्सा पास, व्यवसायी दर्ता, प्रदेश तथा स्थानिय सरकारले व्यवसाय गर्नका लागि अनुदान दिँदा बिमा अनिवार्य गर्न समितिले आग्रह गर्दै आएको छ । घर, पूर्वाधार तथा व्यवसायका बिमा भएमा प्राकृतिक विपत्तीको अवस्थामा क्षतिपूर्तिको दायित्व सरकारलाई नपर्ने समितिले जनाएको छ ।
हाल संघीय सरकारले नै बजेटमा घोषणा गरी कृषि तथा पशुधनको बिमा गर्दा कुल प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागू गरेको छ । तर, सर्वसाधारणमा भने अझै सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बिमा, वैदेशिक रोजगारी म्यादी बिमा र बैैंकबाट ऋण लिनका लागि मात्र बिमा गर्ने प्रचलन बढी छ ।
समितिका अनुसार गत २०७८ असोजसम्ममा जनसंख्याको आधारमा २४ दशमलव ७६ प्रतिशत नेपालीहरूको पहुँचमा मात्र बिमा पुगेको छ । यसअवधिसम्मा जीवन बिमा कम्पनीले ९० लाख नाै हजार २७७ बीमालेख जारी गरी ३८ अर्ब १८ करोड बिमाशुल्क संकलन गरेका छन् ।
यसैगरी निर्जीवन बिमा कम्पनीले सात लाख ३० हजार ९७७ बिमा लेख जारी गर्दै नाै अर्ब ६९ करोड बिमाशुल्क उठाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस