चितवन-कोरिया सरकारले भरतपुर महानगरपालिकामा ल्याण्डफिल साइटको डीपीआर प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौँमा नेपाल सरकार र कोरियनसरकारबीच ल्याण्डफिल साइटको मास्टर प्लानको लागि सम्झौता भएको छ |
यो सम्झौतासँगै अब भरतपुर महानगरपालिकामा पनि ल्याण्डफिल साइटको डीपीआरको प्रक्रिया अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरपालिका र कोरियन सरकारको मातहतमा रहेको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग यसअघि एमओयु भएको थियो, अब डीपीआरको प्रक्रिया अघि बढ्ने भएको छ ।’
नेपाल सरकारसँग आज काठमाडौँमा भएको सम्झौतासँगै भरतपुर महानगरको पनि फोहोर व्यवस्थापनको हुन नसक्नुको समस्या दीर्घकालीन रुपमा समाधान हुने महानगर प्रमुख दाहालले बताउनुभयो ।
नेपाल सरकारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्य र कोरियाको केआइटीआइ संस्थाका डाइरेक्टरले नेपालमा ल्याण्डफिल साइटको मास्टर प्लान निर्माणको लागि हस्ताक्षर भएको छ ।
भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्झौतापछि उहाँहरुले भरतपुर महानगरको ल्यान्डफिल साइटको मास्टर प्लानको प्रक्रिया अगाडि बढ्यो भनेर जानकारी गराउनु भएको बताउनुभयो । उहाँका अनुसार फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न भरतपुर महानगर आतुर छ ।
सम्झौतापछि भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकाबीच नेपालको फोहोर व्यवस्थापन सुधारको लागि गुरुयोजना निर्माण र सुरुवात्सम्बन्धी सेमिनार भएको थियो । सेमिनारमा भरतपुर महानगरपालिका प्रमुख प्रमुख रेनु दाहालले भरतपुर महानगरमा देखिएका फोहोर समस्याबारे जानकारी गराउनुभएको थियो । उहाँले कोरियाको संस्थासँग भएको सम्झौताअनरुप नै ल्यान्डफिल साइटको मास्टर प्लानको काम धमाधम अघि बढ्ने र समयमै सकिने आशासमेत गर्नुभयो ।
भरतपुर महानगरले गरेको यस अघिको एमओयुमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गर्नुभएको थियो । एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने भनिएको थियो ।
यसअघि भएको सम्झौताअनुसार फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने बताइएको थियो । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको थियो ।
महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी मास्टर प्लान बनाउने बताउनुभयो ।
भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस