नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको उहाँले बताउनुभयो । यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् ।
त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस