मकवानपुर– प्रदेश ३ को प्रदेश सभा बैठकमा प्रदेश राजधानी र नामबारे दुई वटा साझा प्रस्ताव दर्ता भएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले राजधानी हेटौंडा र नाम बागमती हुनुपर्ने प्रस्ताव दर्ता गराएका हुन् ।
विवेकशील नेपाली र साझा पार्टीले भने प्रदेशको नाम बागमती नै रहेपनि राजधानी काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । राजधानीको नाम सम्बन्धी प्रस्ताव प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले र प्रदेशको नाम नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाले प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन ।
सत्तारुढ र सबैजसो विपक्षी दल सहमत भएपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ । आजै प्रदेशसभा बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।
सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताए ।
११० प्रदेश सभा सदस्यमध्ये हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस