वाग्मती – वाग्मती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो पटक माग अनुसार खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सजिलो भएको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरी खोला नजिकै समवेल ( इनार जस्तै पानी सङ्कलन गर्ने प्रविधि) निमार्ण भएपछि खानेपानी आपूर्ति थप सहज भएको हो । बोर्डले सामरी खोलामा कूल रु एक करोड १५ लाखको लगानीमा समवेल निर्माण गरेको हो । उक्त समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरु गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिनुभयो ।
नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक तीन पटक पानी वितरण गर्न शुरु गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानले जानकारी दिनुभयो । समवेलबाट हेटौँडा उपमहानगरपालिका– २, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक तीन पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको छ ।
समवेल निमार्णअगावै दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग छ । अझै पनि बोर्डको विस्तारित कार्य क्षेत्र उपमहानगरपालिका– १ को नकौडी, १६ को आकाशधारा, १७ को दुर्गम क्षेत्र, १५ को चिप्लेटी, १८ को दुर्गम क्षेत्र र १९ को बाँसपानी क्षेत्र अझै पनि पर्याप्त मात्रमा खानेपानी आपूर्ति हुनसकेको छैन् । साविकको नेपाल खानेपानी संस्थान हेटौँडा शाखा २०७७ जेठ ८ गते हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस